×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन ह्वात्तै बढ्यो खाने तेलको मूल्य ? व्यापारीहरुले खुलेआम बजारमा सृजना गर्न थाले कृत्रिम अभाव ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

किन ह्वात्तै बढ्यो खाने तेलको मूल्य ? व्यापारीहरुले खुलेआम बजारमा सृजना गर्न थाले कृत्रिम अभाव ! (भिडियो रिपोर्ट)

काठमाडौँ । रुस र युक्रेन बीचको तनावले नेपालमा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा विशेष गरेर सन्फ्लावर (सूर्यमुखी) र सोयाबिन (भटमास्) तेलको मूल्य पछिल्लो एक सातामा ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढेको कारण पनि तेल उद्योगीले मूल्य बढाएका हुन् ।
नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले अहिले युद्धको असरले खाने तेलको कच्चा पदार्थका आपुर्तीमा अवरोध हुँदा अभाव भएकोले मूल्य बढेको बताउनुभयो । उहाँले दैनिक रुपमा प्रयोग हुने खाने तेल त्यसमा पनि सन्फ्लावर तेल प्रतिलिटर २ सय ४० मा खुद्राँ विक्रि गर्दै आएकोमा हाल २ सय ८० रुपैयाँसम्म पुगेको बताउनुभयो । यस्तै, सोयाबिन तेल प्रतिलिटर २ सय ३० मा विक्रि गर्दै आएकोमा २ सय ७० रुपैयाँसम्म पुगेको बताउनुभयो । उहाँले मूल्य बढेपनि सरकारी निकायहरुले अनुगमनमा चासो नदेखाएको गुनासो गर्नुभयो । उहाँले रुसले युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै दाल, चामल लगायत सबै खाद्यान्नको १० प्रतिशतको दरले मूल्यवद्धि भइ सकेको समेत बताउनुभयो ।
संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्रचार्यले हाल खाने तेललगायत खाद्यान्नमा भएको मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारका निकायले छलफल अगाडी बढाउन आवश्यक रहेको पनि औंलाउनुभएको छ । उहाँले हालको अवस्थालाई सहज बनाउन व्यापारी, उद्योगी, व्यवसायी लगायत सबै सम्बन्धीत निकायसँग तत्काल छलफल अगाडी नबढाए मूल्य थप चुलिदै जाने बताउनुभयो ।
रुसले युक्रेनमाथि आक्रमण गरेसँगै बजारमा खाने तेल अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सृजना गराएको, मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप छ । नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको कच्चा तेल आयात भएको छ । यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख रुपैयाँ बराबरको आयात भएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: