×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युद्धकैबीच युक्रेनबाट भित्रियो साढे तीन अर्बभन्दा बढीको कच्चा तेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युद्धकैबीच युक्रेनबाट भित्रियो साढे तीन अर्बभन्दा बढीको कच्चा तेल

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । युद्धकैबीच युक्रेनबाट नेपालमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरिएको छ । जसमा सबैभन्दा बढी कच्चा भटमास तथा सनफ्लावर तेलको भित्रिएको हो । रुस र युक्रेनबीच युद्ध चलिरहेको एक महिनाको अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागले सोमबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट युक्रेनमा मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु गएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्म युक्रेनबाट १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल, ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल नेपाल भित्रिएको छ । यस्तै ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको तोरीको तेल भित्रिएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी