×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा ४० लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसुरमा ४० लाख जरिवाना र कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

Artha Sarokar

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको छ । स्याङ्जाको आँधसखोला गाउँपालिका(४ घर भई काठमाडौं महानगरपालिका(२६ सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरुङलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

एभरेष्ट बैंक लिमिटेड गोंगबु, काठमाडौंमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहरमा उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी