Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुरको मुद्दामा ५ दिन कैद र १८ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बैंकिङ कसुर मुद्दा प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले १८ लाख जरिवाना र ५ दिन कैद तोकिएका काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका–१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको हो।
उच्च अदालत पाटनले २०७८ कात्तिक २८ मा बैंकिङ कसुर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद र बिगो रकम १८ लाख रुपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिकास्थित जम्बु डाँडाबाट पक्राउ गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK