Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : किसानलाई चैतेधान रोप्ने चटारो, मकै पोलेर बेच्दै जलेश्वरका स्थानीय व्यापारी

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तनहुँको व्यास नगरपालिका–१ स्थित धानखेतमा किसानलाई चैतेधान रोप्न भ्याईनभ्याई भएकोदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मीनाबजार नजिकै सडक छेउमा मकै पोलेर बेच्दै गरेका स्थानीय व्यापारीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

तनहुँको व्यास नगरपालिका–१ स्थित धानखेतमा किसानलाई चैतेधान रोपाइँका लागि आली मिलाउँदै, खेत साउदै र बीउ काढ्दै गरेको दृश्य ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मीनाबजार नजिकै सडक छेउमा मकै पोलेर बेच्दै स्थानीय व्यापारी ।

म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा सिँचाइ नहर निर्माण गर्दै स्थानीयवासी । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान गरेर सिँचाइ नहर बनाउन लागेका हुन् ।

ब्यास गाउँपालिका– १, छाङ्गरु र तिंकर जाने गोरेटो बाटो अवरुद्ध हुँदा स्थानीय सास्ती भोग्दै । गत असारमा महाकालीमा आएको बाढी र भारतीय सडक निर्माणको क्रममा नेपालतर्फको गोरेटो बाटो भत्किएको हो । गोरेटो बाटो भत्किएपछि ब्यासीले गाउँ जाँदा हरेक वर्ष भारतीय बाटोको प्रयोग गर्नुपर्छ ।

बागलुङको काठेखोला गाउँपालिका–४, तङ्ग्रामस्थित धारा माध्यमिक विद्यालय परिसरमा गरिएको किवी खेती स्याहार्दै सोही विद्यालयका छात्रा । विद्यालयले तीन वर्षअघिदेखि व्यावसायिक रुपमा किवी खेती गर्दै आएको छ ।

शुक्लाफाँटा नगरपालिका–१२ मा कुमालेले सुकाउन राखेको माटाका घैंटा । आजभोली प्लाष्टिका भाँडाकुँडा बढी प्रयोग हुन थालेपछि माटाका भाँडा प्रयोगमा कमी आउन थालेको छ

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँको पुछारमा रहेको रघुगङ्गा नदीको किनारामा पानीविहीन तातोपानी कुण्ड । वर्षाको समयमा रघुगङ्गामा आएको बाढीले कुण्डमा क्षति पु¥याएपछि यो कुण्ड पानीविहीन भएको हो ।

पृथ्वी राजमार्गअन्तर्गत पोखराको प्रवेशद्वार कोत्रेस्थित धुलाम्ये सडक । पोखराको प्रवेशद्वारका रुपमा रहेको यस स्थानमा बाटो समयमा नै व्यवस्थित गर्न नसक्दा बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK