×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : चैते धान रोप्न व्यस्त ठोरीका किसान, खुत्रुके बिक्रीका लागि तयार गर्दै महिला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : चैते धान रोप्न व्यस्त ठोरीका किसान, खुत्रुके बिक्रीका लागि तयार गर्दै महिला

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पर्साको ठोरी गाँउपालिको ओडारमा  चैते धान रोप्न व्यस्त रहेका किसानदेखि भक्तपुर नगरपालिका–४,कुम्हाले टोलमा बिक्रीका लागि खुत्रुकेमा रातो माटोको रङ्ग लगाउँदै गरेकी महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

पर्साको ठोरी गाँउपालिको ओडारमा  चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान  र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन् ।

भक्तपुर नगरपालिका–४,कुम्हाले टोलमा खुत्रुकेमा रातो माटोको रङ्ग लगाउँदै महिला ।

म्याग्दीको बेनी बजारको सडकमा सडक वारपार गर्ने जेब्रा क्रस बनाउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाका कार्यकर्ता र ट्राफिक प्रहरी । बेनी बजारको यातायात र ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा जेब्रा क्रस बनाएका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा दमौलीमा जारी आठौँ तनहुँ महोत्सवमा राखिएका गैँडाको मूर्ति अगाडि तस्वीर खिचाउँदै सर्वसाधारण ।

घोराही– १७, कर्जाहीका किसान हिउँदे बाली मसुरो काट्दै । यसपालि समयमा पानी परेकाले बाली राम्रो भएको उनीहरू बताउँछन् ।

तनहुँको व्यास नगरपालिका–१ अम्रेनीस्थित खेतमा चैतेधान रोप्नका लागि गोरुको सहायतले खेत साउदै कृषक । जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला चैतेधान रोप्न व्यस्त छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, गिरान्चौरमा निर्माण गरिएको निर्मित नम्डोललिङ एकीकृत बस्ती ।

घोराही– ६, गुरुवागाउँमा चरणका लागि राखिएका मौरी ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: