भक्तपुर नगरपालिका–५, खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दैै महिला । काठमाडौँ उपत्यका खानेपानी (काउखाली) ले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै हप्तामा एक दिन पानी वितरण गरे पनि खँल्लामा भने महिनौँसम्म पानी नपठाएपछि स्थानीयवासी धमिलो पानी प्रयोग गर्न वाध्य छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँमा भत्किएका पुराना घर । घरमुली सहरमा बसाइँ सरेपछि यस्ता परम्परागत पुराना घरहरु संरक्षणका अभावमा भत्किन थालेका छन् ।

वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले बनाएका हस्तकलाका सामग्रीको नेपालगञ्जमा प्रदर्शनी । तीनदिने श्यामानन्द वृहत एकल कला प्रदर्शनीको मंगलबार समापन हुँदैछ ।

म्याग्दीको मालिका गाउँपालिका–६ बलौटेमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्कि संरचना निर्माण गरिँदै ।

कलुवापुर बेलौरी सडकखण्डको कलुवापुरस्थित धुलाम्मे सडकमा गुडिँरहेको सवारी साधन । सडक निर्माण कम्पनीले बेवास्ता गर्दा सडकमा यात्रुलाई हिँडन र चालकलाई सवारीसाधन सञ्चालनमा सकस भएको छ ।

मेलम्ची–दुवाचौर सडक मेलम्ची नगरपालिका–११ मा गत असार १ गते र त्यसपछि आएका बाढीले क्षति पु¥याएको सडक मर्मत गरिँदै ।

चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा स्थानीय किसानले लगाएको काँक्रो खेती ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्