×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ढकमक्क फुल्यो लालीगुराँस, मुक्तिनाथमा दर्शनार्थीको भीड बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : ढकमक्क फुल्यो लालीगुराँस, मुक्तिनाथमा दर्शनार्थीको भीड बढ्यो

Artha Sarokar

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।

समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटार क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस फूलदेखि हिन्दू र बौद्ध धर्मावलम्वीको धार्मिक स्थल मुस्ताङको मुक्तिनाथमा कोरोना सङ्क्रमण घटेपछि दर्शनका लागि पुगेका आन्तरिक पर्यटकसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटार क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस फूल ।

हिन्दू र बौद्ध धर्मावलम्वीको धार्मिक स्थल मुस्ताङको मुक्तिनाथमा कोरोना सङ्क्रमण घटेपछि दर्शनका लागि पुगेका आन्तरिक पर्यटक । फागुन पहिलो सातायता मुक्तिनाथमा दर्शनार्थी र पर्यटक पुग्ने क्रम बढेको छ ।

तोरी खेतीमा फूल फुलेर पँहेलै देखिएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ९ स्थित पिपलटार गाउँ ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गस्ती गरेर हात्तीसार फर्किदै गरेका पालुवा हात्ती । वन्यजन्तुको संरक्षणका लागि यहाँ हात्तीबाट नियमित गस्ती गरिँदै आएको छ ।

व्यास नगरपालिका–६,अम्रेनीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि पालो पर्खिदै महिला ।

चितवनको भरतपुर–१९ , शारदानगरमा रहेको बखान सहकारी संस्था लिमिटेडले निर्माण शुरु गरेपछि बजेट अभावमा अलपत्र अवस्थामा रहेको राष्ट्रिय सहकारी सङ्ग्रहालय । नेपाल सरकारबाट रु पाँच करोड बजेट निकाशा भएर निर्माण सुरु गरिएको सङ्ग्रहालयको काम थप बजेट निकासा नहुँदा अलपत्र अवस्थामा पुगेको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिका–२, लमसुङदेखि लुलाङ हुँदै वडा नं १ को गुर्जा जाने पदमार्ग निर्माणका छाप्दै मजदुर । लुलाङ र गुर्जामा सडक यातायात नपुगेकाले आवतजावतका लागि पैदलमार्ग प्रयोग गर्नुपर्छ ।

बेनी– बागलुङ सडक खण्डअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–२, हाँडेभिरमा सडक फराकिलो बनाउन पहाड काटिँदै । कालोपत्रेसहित सडक स्तरोन्नतिको लागि सडक फराकिलो बनाउने काम भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी