आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले माग गरेको म्यादी प्रहरीमा आवेदन दिन लामबद्ध युवा ।

दोलखा जिल्लामा अवस्थित ऐतिहासिक धार्मिकस्थल कालिञ्चोक भगवती माताको दर्शन गर्दै भक्तजन ।

काठमाडौँ महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको बर्षौँ बितेपनि सम्पन्न हुनसकेको छैन । टावर निर्माण सम्पन्न नहुँदा अहिले राजधानीको मुख्य भागमा बसपार्क छैन । टावर निर्माण सम्पन्न भएपछि यसको तल्लो तलामा बसपार्क बनाइने जनाइएको छ ।

कञ्चनपुरको महाकाली नदीमा गिट्टी र बालुवा छान्दै महिला । आयस्रोत न्यून भएका नागरिक बगरमा बालुवा÷गिट्टी छानेर त्यसबाट आएको रकमले जीविका चलाउँदै आएका छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५, पोखरी नारायणस्थानमा हालै निर्मित स्वयम्भू, बौद्ध र नमोबुद्ध स्तूपा । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार तीन स्तूपाको उद्घाटन गर्नुभएको थियो ।
लालझाडी गाउँपालिकाको नन्द गाउँका राना थारु समुदायका महिला नजिकैको तलाउबाट घर लिपपोतका लागि माटो ल्याउँदै । घर लिपपोतका लागि थारु समुदायले तालको माटो प्रयोग गर्ने गर्दछन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल प्रहरी विद्यालयको हाताभित्र निर्माण हुँदै गरेको विद्यालय भवन ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्