नेपाल सरकारले आगमी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी खुलाइएको म्यादी प्रहरीमा भर्ना हुनका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालय बागलुङ अगाडि लामबद्ध भएका युवायुवती ।

भोजपुरको टेम्केमैयुङ ५ चोलन्तीमा काठको ठेकी बनाउदै चँदारा । स्थानीय भाषामा ‘चँदारा’ भनिने यो पेशामा न्यून ज्यालाका कारण नयाँ पुस्ताको रोजाईमा पर्न छाडेको चँदाराहरु बताउँछन् ।

बागलुङको गलकोट नगरपालिका–७ मल्मका किसान गहुँका बाला टिप्दै । गाउँघरमा यतिबेला गहुँ बाली भित्र्याउने चटारो छ ।
शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा ट्रकबाट सिमेन्ट झार्दै मजदुरहरु ।

नुवाकोटको किस्पाङ गाँउपालिका–१, भाल्चेमा सिँचाइ अभावले बाँझो राखिएको खेत । आकासे पानीको सहायताले बर्खामा एकबाली खेती लगाउँदै आएका यहाँका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नुवाकोटले बहुबर्षीय कार्यक्रमअन्तर्गत यो आर्थिक वर्षमा रु एक करोड लगानीमा सिँचाइ कुलो बनाउन सुरु गरेको छ ।

धौलागिरि आइसफल पदमार्गको पर्यटकीय गन्तव्य भेडिओढार क्षेत्रमा घुम्न आएका आन्तरिक पर्यटक ।
पर्यटकीय नगरी चितवनको सौराहस्थित चितवन राष्ट्रिय निकुञ्जमा देखिएको चितल (जरायो) ।

चितवन राष्ट्रिय निकुञ्जमा देखिएको एक सिंगे गैँडा ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्