काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
म्याग्दीको बेनी नगरपालिका–१ सालघारीमा आरनमा कृषि औजार बनाउँदै स्थानीय । आरनमा कृषि औजार निर्माण र मर्मत गरिन्छ ।

पर्यटकीय नगर चितवनको सौराहमा घुम्न आएका विदेशी पर्यटक काठको डुङ्गा चढेर राप्ती नदी पार गर्दै ।
पर्यटकीय नगर चितवनको सौराहमा सोमबार बिहान घुम्न आएका विदेशी पर्यटक राप्ती नदी किनाराबाट नदी तथा जङ्गलको अवलोकन गर्दै । 
चितवन राष्ट्रिय निकुञ्जमा सोमबार पखेटा फैलाउँदै मयूर ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५, पाडाजुंगी सडक छेउमा बिक्रीका लागि राखिएका सिमेन्टका कलात्मक मूर्ति ।
देउखुरीमा रहेको राप्ती नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदै । राप्ती गाउँपालिकाको ६ र ७ मा रहेका पाँच सय बिघा जमिन बगरमा परिणत भएको थियो । तटबन्धबाट सो जमिन खेतीयोग्य हुने भएपछि स्थानीय खुसी भएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्