×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : आलु खन्न व्यस्त नुवाकोटका किसान, लालीगुराँससँग रमाउँदै विद्यार्थी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : आलु खन्न व्यस्त नुवाकोटका किसान, लालीगुराँससँग रमाउँदै विद्यार्थी

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै गरेकोदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयका विद्यार्थीहरु लालीगुराँससँग रमाउँदै गरेकासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब भन्दाबढीको आलु उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालय नजिकै रहेको जंगलमा फूलेको लालीगुराँससँग तस्वीर खिचाउँदै ।

कञ्चनपुरको झलारी बजारमा पटेरा घाँसबाट बनेको गुन्द्री बिक्री गर्दै भारतीय व्यापारी । भारतबाट ल्याइने घाँसका गुन्द्रीको माग यहाँका स्थानीय बासिन्दाले बढी गर्ने गर्दछन् ।

कबाडीमा फालिएको यति एयरलाइन्सको जहाज किनेर लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा निर्माण गरिँदै गरेको प्यराडाईज रिसोेर्ट । जसबाट देखिएको बेँसीसहर बजार ।

पोखरा महानगरपालिकाको कार्यालय अगाडि बुधबार दिउँसो अचानक बिच भागमा भाँसिएको सडक ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा व्यास नगरपालिका–३ बिपी वनवाटिकामा चैत १० देखि २० गतेसम्म सञ्चालन हुने आठौँ तनहुँ महोत्सवका लागि स्टल निर्माण गरिँदै तस्बिर

पोखरा महानगरपालिकाको कार्यालय अगाडि बुधबार दिउँसो अचानक बिच भागमा भाँसिएको सडक ।

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाबाट घोडा चढेर लुलाङतर्फ जाँदै गरेका एक बालक । सडक यातायातको सुबिधा नपुगेको गुर्जा गाउँमा आउजाउका लागि घोडचढी सेवा सञ्चालनमा रहेको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका कृषकले गरेको भेडापालन । यहाँका कृषकले फिरन्ते शैलीमा परम्परागत गोठमा भेडापालन गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी