इलाम । इलामको रोङ गाउँपालिकाले आफ्नै खर्चमा वडा नं २ मा दुई पक्की पुल निर्माण गरेको छ । उक्त वडाको को बर्फल्याङ र बदमटारमा रहेका दुईवटा खोलामा पुल निर्माण गरिएको हो । वर्षायाममा खहरेखोलाका कारण समस्या भोग्नुपरेका स्थानीयवासीले पुल निर्माण भएपछि खुसी व्यक्त गरेका छन् । पुल बनेपछि बर्फल्याङ र बदमटारवासीलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी वीरेन्द्र फुयाँलले बताए
सोही वडाको सानो नेते र दुधेखोलामा पनि गत वर्ष पक्की पुल निर्माण गरिएको थियो । गाउँपालिकाको लगानीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी र विद्यालय जाने विद्यार्थीलाई वर्षायाममा समेत आवतजावतमा मद्दत पुगेको छ । वर्षादेखि स्थानीयवासीको समस्या समाधान गर्न आफूहरु लागिपर्दै आएकामा बल्ल सफल भइएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताए । पहिलादेखिकै समस्या भए पनि जनप्रतिनिधि आएपछि मात्र सो काम पूरा गर्न सफल भएको उनको भनाइ थियो। –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्