×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित

GLOBAL IME BANK
SHREE KESH

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह निर्वाचित भएका छन् । उनि निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेर दोस्रो पटक अध्यक्ष बनेका हुन् । कुल ११८५ मत खसेकोमा सिंहले ७ सय ६५ मत, पाण्डेले ३ सय ३७ मत र काेइरालाले ३२ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष र महासचिव पनि सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । लामाले ५ सय ६३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी धिरेन्देर दाहालले २ सय ८९ मत प्राप्त गरेका थिए । महासचिवमा रोशन दाहालले ७ सय १९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी वासुदेव उप्रेतीले १ सय ७२ मत मात्रै ल्याए ।
यता पाण्डे स प्यानलबाट एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन् । यस्तै बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन्।
उप-महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेशबाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्न बहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सह-कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: