×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एकीकृत शहरी विकास कार्यक्रममा बजेट थप्न मन्त्री झाँक्रीको आग्रह

Artha Sarokar

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत शहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेका छन् । उनले एकीकृत शहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउदै यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको बताएका हुन् ।

बिहिवार मन्त्रालयमा आयोजित सघन शहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको बताए । उनले भने एकीकृत शहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत् यस बर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौं ।’ उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वराज पौडेलले मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।

मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले शहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको बताए । उनले भने , मन्त्रालयले शहरीकरणमा थुप्र्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा शहरहरुको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।’ कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी