×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रमा आवेदन खुल्यो, कति पाईन्छ ब्याज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रमा आवेदन खुल्यो, कति पाईन्छ ब्याज ?

Artha Sarokar

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८३ ‘क’ आज मंगलबारदेखि बिक्रीमा ल्याएको छ । राष्ट्र बैंकले वार्षिक १०% ब्याज दिने गरी ५ वर्षे अवधिको उक्त बचतपत्र बिक्रीमा ल्याएको हो । यद्यपि ब्याजमा कर लाग्ने र ब्याजको भुक्तानी ६–६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ ।
थोरैमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ ।
२० गतेसम्म बिक्री गरिने बचतपत्रको निष्कासन मिति भने आगामी चैत ३० गतेका लागि तोकिएको छ । बैंकले २०८३ चैत ३० गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा संरक्षकको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुईप्रति पासपोर्ट साइजको फोटोसमेत पेस गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी