काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा भएको ३ अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
‘क’ बर्गका वाणिज्य बैंकहरुमा २ अर्ब ७६ करोड रुपैयाँ, ‘ख’ बर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ५१ करोड ७५ लाख रुपैयाँ र ‘ग’ बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।
सो रकम लिन चाहेका इच्छुक बैंक तथा वित्त कम्पनीले आफूले लिन चाहेको रकम खुलाई चैत्र १५ गतेभित्र ब्याजदर प्रस्तावसहित आवेदन पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । उक्त निक्षेपको अवधि २०७९ बैशाख ४ गतेदेखि २०८० बैंशाख ४ गते ३६६ दिन अवधिको रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्