×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्बीमा कम्पनीमा दुई जना कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता र अनुभव

PRIME CA

पुनर्बीमा कम्पनीमा दुई जना कर्मचारी माग, यस्तो छ आवश्यक योग्यता र अनुभव

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले करारमा दुई जना कर्मचारीको माग गरेको छ । कम्पनीले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्धारा एकजना स्वदेशी पुनर्बीमा विज्ञ र एकजना स्वदेशी पुनर्बीमा दाबी विज्ञ राख्ने तयारी गरेको हो।
स्वदेशी पुनर्बीमा विज्ञका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण र बीमा समितिबाट मान्यता प्राप्त इन्स्टिच्युट अफ एक्चुअरीबाट फेलोसिप हासिल गरेको हुनुपर्नेछ । यस्तै बीमा क्षेत्रमा ब्यवस्थापन वा सो सरहको पदरमा रही कम्तिमा दश वर्ष कार्य गरेको तर बिद्यावारिधि गरेकोले भने नौ बर्ष कार्य गरेको अनुभव खोजेको छ ।
स्वदेशी पुनर्बीमा दाबी विज्ञ पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तहको उपाधि हासिल गरेको र बीमा कम्पनीमा दाबी व्यवस्थापकीय कार्यमा व्यवस्थापीय पदमा कम्तिमा १० वर्षको कार्यनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीमा आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: