झापा । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक”को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके तापनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चारआली– केचना ४० किलोमिटर सडक निर्माणका लागि विसं २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङघा जेभीले विसं २०७५ चैत १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए । तर पटक–पटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको उहाँको भनाइ छ ।
उहाँले सडक निर्माणको अन्तिम म्याद यही चैत ३० गतेसम्म रहेको बताउँदै भन्नुभयो,“अब सडक निर्माणका लागि भनेर म्याद थप गर्ने योजना छैन ।” तोकिएको मितिसम्म पूरा काम नगर्ने निर्माण व्यवसायीलाई कानुन अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।
उहाँले भद्रपुर नगरपालिकाभित्र रहेको सङ्गमचोकदेखि भानुचोकसम्मको ५०० मिटर, बनियानी र सकुनाढिकीमा ५०० मिटर गरी एक किलोमिटर क्षेत्र मात्र निर्माण गर्न बाँकी रहेको बताउनुभयो । उहाँले सडक निर्माण रोक्नुपर्ने कारण देखाउन आग्रह गर्दै निर्माण व्यवसायीलाई पटक–पटक पत्राचार गर्दासमेत लिखित कारण देखाउन नसक्ने र तत्काल बनाउँछौं भन्दै मौखिक जवाफ मात्र दिने गरेको बताउनुभयो ।
सो सडक निर्माणका लागि कार्यालयबाट चारआलीदेखि देउनिया खोलासम्मका लागि रु ४१ करोड ६५ लाख र देउनिया खोलादेखि कचनकवलसम्मका लागि ४२ करोड ५६ लाख ठेक्का सम्झौता रकम रहेको जानकारी दिनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्