काठमाडौं । समृद्धि फाइनान्सको ५०% हकप्रद सेयरमा आवेदन दिने शुक्रबारसहित ३ दिन बाँकी रहेको छ । कम्पनीको सो सेयरमा आवेदन दिने २९ गते अन्तिम दिन रहेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर फागुन ८ गते आइतबारदेखि निष्कासनमा ल्याएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि पुस ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १० गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा-१ मकवानपुरबाट आवेदन दिन सकिने भएको छ । यसैगरी समृद्धिको बुटवल, पोखरा, नारायणघाट र पुतलीसडक काठमाडौं शाखाबाट पनि आवेदन दिन सकिनेछ । यस्तै सी-आस्वा तथा मेरो सेयरमार्फत पनि उक्त हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्