×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा उद्घाटन, कति पुग्यो शाखा संख्या ?

GLOBAL IME BANK

सानिमा बैंकको नयाँ शाखा चितवनको टाँडीमा उद्घाटन, कति पुग्यो शाखा संख्या ?

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा १२६औं शाखा उद्घाटन गरि बैंकिङ सेवा विस्तार गरेको छ । शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी० र सानिमा बैंकका संचालक डा।केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे ।

समुद्घाटन् समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । समुद्घाटन् समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायिक बिकासमा टेवा पु¥याएकोमा शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका संचालक डा।केशव प्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्धारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: