×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको नयाँ दर अनुसार बिमितले अधिकतम ७० रुपैयाँ पाउने भएका हुन् । आर्थिक वर्ष २०७६/७७ सम्मको बीमांकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सबै बीमालेखहरुका लागि उक्त अवधिको प्रति वर्ष प्रति हजार बीमांकमा बोनसदर निर्धारण गरेको कम्पनीले जनाएको छ ।
सावधिक जीवन बीमा योजनामा बीमितले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ तोकिएको छ । ९ वर्षसम्म प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्म ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्म ४२ रुपैयाँ र २५ वर्षभन्दा माथि प्रतिहजार ७० रुपैयाँ बोनस दर तोकिएको छ । एकल जीवन बीमा योजना अन्तर्गत बीमालेख खरिद बीमितले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँ बोनस दर पाउने भएका छन्।
जसमा २५ वर्षभन्दा माथि प्रतिहजार ६५ रुपैयाँ र ९ वर्षसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दर रहेको छ । त्रिपल सावधिक बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर छ भने अग्रिम भुक्तानी योजना अन्तर्गत १० देखि २४ वर्षसम्मले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ पाउने भएका छन् । वार्षिक अग्रिम भुक्तानी योजनामा सबै भन्दा कम बोनसदर जम्मा २० र २३ रुपैयाँ पाउने छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी