×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकमा बचत गर्दा उपचारमा लाग्ने खर्च र ५ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सनराइज बैंकमा बचत गर्दा उपचारमा लाग्ने खर्च र ५ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्य नजर गर्दै विभिन्न सेवा सुविधाहरुका स्वास्थ्य सुविधालाई पनि प्राथमिकता दिदैँ आएको छ । सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउने भएको छ ।

२०७४ साल चैत्र १ गते देखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदैँ आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ । बैंकले स्वास्थ्य बीमा अन्र्तगत अस्पताल भर्ना र ओ।पि।डी खर्च गरी १ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा क्ष्लनबउयचभ र त्जबष्बिलम का अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ ।

महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप  १०,००० सम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउदा लिन सकिने छ । ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी