×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आठ महिनामा ९८ लाख राजस्व संकलन, २५ वटा फर्म कारवाहीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आठ महिनामा ९८ लाख राजस्व संकलन, २५ वटा फर्म कारवाहीमा

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्त्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा रु.९८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारवाहीमा परी रु।१० लाख २७ हजार जरिवाना असुल गरेको जानकारी दिनुभयो ।
“सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्त्ता अधिकार’ प्रमुख नाराका साथ यसवर्ष विश्व उपभोक्त्ता दिवस पनि मनाइएको छ । नागरिक शिक्षा, स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुने पर्ने र दरबन्दी अनुसारको कर्मचारी भएमा यस क्षेत्रमा थप सफलता मिल्ने प्रमुख पोखरेलले बताउनुभयो । उहाँले उजुरी र त्यसउपरको कार्यान्वय बढ्दै गएको र पछिल्लो समय उजुरी सम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको सङ्केत देखिएको छ भन्नुभयो । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी