×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइनबाट ठगी गर्नेको बिगबिगी बढ्यो, फेसबुकलगायतबाट २ लाख बढी ठगी गर्ने मण्डल पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अनलाइनबाट ठगी गर्नेको बिगबिगी बढ्यो, फेसबुकलगायतबाट २ लाख बढी ठगी गर्ने मण्डल पक्राउ

२६ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मोरङ । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले सामाजिक सञ्जाल ह्‍वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्‍दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका-६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ भने उनले पीडितहरुलाई विभिन्‍न सामाजिक सञ्जालमार्फत करिब २ लाख १ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: