काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले अवैध रूपमा ल्याएको सुन फेला पारेको छ । भन्सार कार्यालयले अमेरिकाबाट आएका एक पुरुषले अवैध रूपमा ल्याएको सुन फेला पारेको हो ।
भन्सार कार्यालयले ती पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले ल्याएको ड्रोनभित्र सय ग्राम सुन भेटिएको हो ।
साथै जुत्ताको तलुवाभित्र पनि ९ सय ३४ ग्राम सुन जस्तो बस्तु फेला परेको छ । बाहिर चाँदी जस्तो देखिए पनि भित्र रहेको अर्को पदार्थ सुन हुन सक्ने आशङ्कामा ल्याब परीक्षण गर्न पठाइएको भन्सार कार्यालयले जनाएको छ ।
विदेशबाट ५० देखि १ सय ग्राम सुनका गहना ल्याउनुपर्दा प्रति १० ग्राम १० हजार रुपैयाँका दरले भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्