हलेसी तुवाचुङ नगरपालिकाको छालाकुखोलामा पानी भर्दै स्थानीय वृद्ध इन्द्रबहादुर राई । सुक्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दा वर्षौँदेखि यही खोलाको पानी उपभोग गर्दै आएका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडक खण्डअन्तर्गत बगरखोलामा जोखिम मोलेर मोटरसाइकल चलाउँदै यात्रु । पक्की पुल नहुँदा यहाँ खोलामै सवारी साधन वारपार गराउनुपर्ने बाध्यता छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका– ३ ले एकल महिलालाई अनुदानमा बाख्रा वितरण । वडाभित्रका १० एकल महिलालाई अनुदानमा बाख्रा वितरण गरेको वडाध्यक्ष भरतकुमार घिमिरे बताउनुभयो ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ ले दलित तथा विपन्न परिवारलाई अनुदानमा बङ्गुरका पाठा वितरण । बङ्गुरका पाठा वितरणपछि सामूहिक तस्वीरमा नगरप्रमुख मुरारीप्रसाद खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठ, वडाध्यक्ष भरतकुमार घिमिरेलगायत ।

चैतेधान रोप्न धानको बीउ काढ्दै तनहुँको व्यास नगरपालिका–१ अम्रेनीका किसान । जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला धान रोप्न व्यस्त छन् ।

पोखरा सभागृहमा सोमवार आयोजित न्यायिक समिति प्रथम राष्ट्रिय सम्मेलनमा श्री डढुवा दुर्छा तमु समाज लमजुङद्वारा निर्माण गरीएको सांकेतिक ‘रोधी घर’ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्