केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा लाग्ने बुधबारे हटियामा आफूले उत्पादन गरेको गुन्द्रुक,भटमासलगायत गेडागुडी बिक्री गर्दै स्थानीय वृद्धा ।

घोराही–१४, झिगौरामा लागेको औद्योगिक, पर्यटन तथा कृषि मेलामा उखु पेलेर जुस निकाल्दै उखु व्यवसायी । एक गिलास जुसको ४० रुपैयाँमा बिक्री भइरहेको उनी बताउँछन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा श्रमदानबाट खानेपानीको पाइपलान जडानका लागि खाल्डो खन्दै स्थानीयवासी । देवीस्थानमा एक घर एक धारासहितको खानेपानी आयोजना निर्माणाधीन छ ।
बागलुङको ताराखोला गाउँपालिका, ५ करिमेलाका किसान अकप्रसाद रोकाले टनेलमा उत्पादन गर्नुभएको तरकारी खेती । घरायसी प्रयोजन र व्यावसायिक उत्पादनका लागि पछिल्लो समय तरकारी उत्पादन गर्न किसानले प्लाष्टिक घरको प्रयोग गर्ने गरेका छन् ।

ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार । दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सरकारी कार्यालय र नेपाल टेलिकमको सेवासमेत प्रभावित भएको छ ।
दक्षिण एशियाकै नमूना घलेगाउँ । घलेगाउँमा रहेको लोपोन्मुख घुमाउने घर र भेँडी गोठ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको पुनःनिर्माण गरिँदै । द्वन्द्व कालमा असुरक्षाको कारण देखाउँदै बन्द भएको विमानस्थल पुनः सञ्चालनका लागि सरकारले ठेक्का दिएर काम थालेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्