Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : बिक्रीका लागि अल्लो खलङ्गा बजार लग्दै महिला, परालको सुकुल बुन्दै एक वृद्ध

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीय महिलाहरुले अल्लो बिक्री गर्न  बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै गरेकोदेखि भक्तपुर नगरपालिका–४, तालक्वमा परालको सुकुल बुन्दै गरेका एक वृद्धसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीय महिला अल्लो बिक्री गर्न  बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै  । जङ्गलमा पाइने अल्लो सङ्कलन गरे बापत स्थानीयवासीले प्रतिकिलो रु १०० पाउने गरेका छन् । प्रशोधित अल्लोबाट जुत्ता, टोपी, कोट, प्वाइन्ट झोलालगायतका सामग्री निर्माण हुन्छ ।

भक्तपुर नगरपालिका–४, तालक्वमा परालको सुकुल बुन्दै एक वृद्ध । खेतीपाटीको काम गर्न नसकेपछि सुकुल बुन्ने काम गरेको उहाँ बताउँछन् ।

कञ्चनजङ्घा हिमाल आरोरहण गर्न ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा ढुवानीका लागि राखिएका आरोहणका सामग्री ।

महोत्तरीको जलेश्वर नगरपालिका क्षेत्रका बगैँचामा आँपका बोटमा ढकमक्क फुलेको फूल । बगैँचामा आँप ढकमक्क फुलेकाले यस वर्ष उत्पादन राम्रो हुने नगरवासीको अनुमान छ ।

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो ड्यामको निर्माण सोङ्दा–कालिका जेभीले गरिरहेको छ ।

परम्परागत भेषभूषामा सजिएका हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हेप्का गाउँका लामा समुदायका महिला ।

दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीयवासी खच्चडमार्फत अल्लो ढुवानी गर्दै । यस गाउँपालिकामा सबैभन्दा बढी अल्लो उत्पादन हुने गर्छ । सडक नपुगेका कारण उनीहरुले खच्चडमार्फत अल्लो ढुवानी गरेका हुन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको जङ्गलमा सङ्कलन गरेर सुकाइएको लोत्ता । लोत्ता प्रसोधन गरेर नेपाली कागज बनाउने गरिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK