काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमजिङ्ग नेपाल, निफ्रा, सप्तकोशी डेभलपमेन्ट बैंक, जिवन विकास लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । मैलुङको सेयरमा यस्तो गिरावट आउँदा शिव श्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र विशाल बजार कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा जिवन विकास लघुवित्त, नेपाल टेलिकम, अपि पावर कम्पनी, नेपाल बैंक, निफ्रा, नेपाल पुनर्बिमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, शिभमु सिमेन्ट र सगरमाथा इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्