×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

आइतबारको बजार अपडेट : यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ  इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा जिवन विकास लघुवित्त, नेपाल टेलिकम, अपि पावर कम्पनी, नेपाल बैंक, निफ्रा, नेपाल पुनर्बिमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, शिभमु सिमेन्ट र सगरमाथा इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इमजिङ्ग नेपाल, निफ्रा, सप्तकोशी डेभलपमेन्ट बैंक, जिवन विकास लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । मैलुङको सेयरमा यस्तो गिरावट आउँदा शिव श्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र विशाल बजार कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: