काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३१ कम्पनीको ५१ लाख ८९ हजार ०८३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २० करोड ९४ लाख ५७ हजार २२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २० करोड ९४ लाख ५७ हजार २२९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर कम्पनी, जिवन विकास लघुवित्त, अपि पावर कम्पनी, शिभमु सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, निफ्रा, नेपाल बैंक, ङादी हाईड्रोपावर कम्पनी र माउन्टेन हाईड्रो नेपालको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा इमजिङ्ग नेपालका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा ङादी हाईड्रोपावर कम्पनी, माउन्टेन हाईड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक, युनियन हाईड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नेपाल टेलिकमका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । नेपालको सेयरमा यस्तो गिरावट नबिल डिबेन्चर २०८५, एनआईबिएल समृद्धि फण्ड-२, एनआईबिएल प्रगति फण्ड र सिटिजन्स म्युचुअल फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्