×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारी चालक कारबाहीमा, दुई लाख ३१ हजार राजस्व सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारी चालक कारबाहीमा, दुई लाख ३१ हजार राजस्व सङ्कलन

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर । मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ ।

होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिना हेलमेट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिनुभयो । सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ ।

चालकलाई कारबाही गरी रु दुई लाख ३१ हजार राजस्व सङ्कलन गरिएको जैसवालले बताउनुभयो । यस्तै होलीको बेला मधेश प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका थिए । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी