×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिवि सेवा आयोगका तत्कालिन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

त्रिवि सेवा आयोगका तत्कालिन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Artha Sarokar

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित छ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह-प्राध्यापक केशव घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सह-प्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहाय पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह-प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने प्राडा टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अख्तियारले विसं २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी