बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र भएका नेपालगञ्ज कार्यालयमा विभिन्न २४ विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी बाँकेका स्थानीय तहका उजुरीहरु रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए ।
उनका अनुसार, गत आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको हालसम्म कार्यक्षेत्र अन्तगर्तका चार जिल्लाका उजुरीमध्ये बाँकेका २६५, दाङका २०९, बर्दियाका १११ र रोल्पाका ३३ गरी कूल ६१८ उजुरी दर्ता भएका छन् । तीमध्ये ३०७ उजुरीको छानबिन सम्पन्न भएको छ भने ३११ उजुरी फछ्र्यौट हुन बाँकी रहेका छन् । कार्यालयको कार्य क्षेत्रअन्तर्गतका चार जिल्लामध्ये सबैभन्दा धेरै बाँकेका स्थानीय तहका ११३ उजुरी दर्ता भएका छन् । तीमध्ये ६८ उजुरी फछ्र्यौट भएका छन् भने अझै ६५ उजुरी फछ्र्यौट हुन बाँकी छन् ।
जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको कार्यालय प्रमुख पौडेलले बताए । स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने/नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्ति पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्