काठमाडौं । उपत्यकाभित्र अनाधिकृत प्लटिङ बढेपछि जग्गा किनबेचमा प्रतिबन्ध लगाउने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले अनुमति नलिई गरिएका २ सय बढी प्लटिङका जग्गा किनबेचमा प्रतिबन्ध लगाउने भएको हो । भक्तपुर र ललितपुरका २ सयभन्दा बढी ठाउँमा बिना अनुमति प्लटिङ भईरहेको पाईएको पनि प्राधिकरणले जनाएको छ ।
यस्तै प्राधिकरणले अनुमति नलिई प्लटिङ भईरहेका ठाउँको जग्गाको कित्ता खोज्ने काम पनि भईरहेको छ । सबै ठाउँको कित्ता नम्बर भेटिएपछि एकुमष्ट रुपमा सम्बन्धित जिल्लाको जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरेर जग्गा रोक्का राखिने प्राधिकरणले जनाएको छ ।
यता प्राधिकरणले अनाधिकृत प्लटिङको जग्गा रोक्का राखेपनि डेभलपर्सहरुले तोकिएको मापदण्ड पूरा गरेपछि फुकुवा गरिदिने भएको छ । मापदण्ड अनुसार ५ प्रतिशत खुला ठाउँ र २० फिटको बाटो कायम गर्दा रोक्का राखेको जग्गा पनि फुकुवा हुनेछ । तर यदि मापदण्ड पूरा नभएको खण्डमा भने रोक्का राखिएका प्लटिङको जग्गाको किनबेचमा पूणर्रुपमा बन्देज लगाईने प्राधिकरणले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्