Skip to content
LAXMI SUNRISE BANK

वोमी लघुवित्त र सूर्योदय लघुवित्तको चैत १९ गतेबाट एकीकृत कारोबार सुरु हुने, के नामबाट खुल्छ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । वोमी लघुवित्त र सूर्योदय लघुवित्तको एकीकृत कारोबार सुरु हुने भएको छ । एक आपसमा मर्ज भई चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हो । मर्जर पछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनकिो पुस १६ गते सम्पन्न भएको विशेष साधारणसभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको थियो ।

मर्जरका लागि दुवै कम्पनीबीच गत भदौ १५ गते प्रारम्भिक सम्झौता भएको थियो भने गत पुस २९ गते अन्तिम सम्झौता भएको थियो । मर्जर सम्झौता भएपछि दुवै कम्पनीको भदौ १६ गतेबाट नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का रहको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK