काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै २०७७ चैत ३ गतेबाट २०७८ मंसिर २९ गतेसम्म सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
कर रकम तिर्नको लागि सेयरधनीले कुमारी बैंकको खाता नम्बर ०१३००९८४०७२०००३७ मा जम्मा गर्नुपर्नेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुने कम्पनीले जनाएको छ ।
यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २०% बोनस सेयर वितरण गरेको थियो । वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज भएर चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनी एक भएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।