काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ बर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ । कोषले स्थापना कालदेखि २०७८ को पौषसम्ममा कुल १३ हजार ७ सय ६५ जनालाई ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो । शुक्रबार कोषको १३ औं वार्षिकोत्सव कार्यक्रमको अवरसमा आयोजीत पत्रकार सम्मलेनमा कोषका कार्यकारी निर्देशक बिश्वमोहन अधिकारीले हालसम्म विपन्न वर्ग कर्जामा कुल ३ अर्ब ८२ करोड २ लाख ८३ हजार २ सय ६६ रुपैयाँ लगानी भएको जानकारी दिए ।
उनले कोषले १ हजार ९ सय ६८ सहकारी तथा २६ बैङ्क तथा वित्तीय संस्थामार्फत लगानी गरी ८३ हजार ४ सय ९ जना स्वरोजगार सृजना गरेको पनि जानकारी दिए । यस्तै, ४२ हजार ५ सय ६३ जनालाई अभिमुखिकरण तालीम दिएको, ५ हजार ८० जनालाई अनुशिक्षण तालिन दिएका पनि जानकारी दिए । यसका साथै, १३ हजार ७ सय ६५ जनालाई व्याज अनुदान वितरण गरेकामा १५ करोड ३३ लाख ५ हजार ४९ रुपैयाँ व्याज अनुदान भुत्तानी भएको पनि बताए । नियमित रूपमा सावाँ ब्याज भुक्तानी गर्ने व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान प्रदान गर्ने व्यवस्था रहेको छ ।
कोषका कार्यकारी निर्देशक अधिकारीले ३८ हजार १ सय ३९ जनालाई वितरण गरिएको कर्जा व्यवस्थापन शुल्कबाट एक करोड ९० लाख ६९ हजार ५ सय रुपैयाँ भुक्तानी भएको र १ हजार ६१ जनालाई ६ करोड २४ लाख ४८ हजार ५ सय ४५ रुपैयाँ बीमा क्षतीपुर्ति उपलबध्ध गराएको पनि जानकारी दिए ।कार्यक्रममा कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले सरकारका विभिन्न निकायले प्रदान गर्दै आएको यस्ता कोषलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषको छातामुनी राखेर कर्जा उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् । उनले कोषका साथै बैंक तथा वित्तिय संस्था, सरकारका अन्य कोष, प्रदेश र स्थानिय सरकारबाट पनि स्वरोजगार क्षेत्रमा काम भएपनि कर्जा र व्याजदरको सिमामा एकरुपता नभएको बताए ।
उनले कर्जा र व्याजदरको सिमामा एकरुपता गर्न पनि अनुदानलाई बन्द गरेर युवा तथा साना व्यवसायी स्वरोजगार काषको माध्यमवाट यस्तो कर्जा वितरण गर्ने व्यवस्था गर्नुपर्न बताए । वेरोजगार युवाहरुलाई स्वरोजगारका अवसर सृजना गर्ने भन्दै २०६५ सालमा स्थापना कोषले पुँजीको अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका बेरोजगार १८ देखि ६० बर्ष उमेरका युवा तथा साना व्यवसायीहरुलाई बिनाधितो ऋण उपलब्ध गराउदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्