×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा जडान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा जडान

Artha Sarokar

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गुल्मी। गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उनि कालीमाटी, ढाडा, गैरापधेँरालगायत स्थानमा पुग्ने गर्थि । ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उनको घरमा खानेपानीको धारा आएको छ । घरमै पानी आउन थालेपछि उनको दैनिक जीवन धेरै सहज बनेकोे छ । कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारी सुनाउछिन् ।

“बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उनले भनिन्, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्यो ।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उनको भनाइ थियो ।“घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भनिन, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।” घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिन्छ्न् । पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन् । विगत एक महिनादेखि उनको घरमा खानेपानीको धारा जडान भएको छ । “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भने, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।” घरमै पानी आएदेखि पुस्तौदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ ।

त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ । “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उनले भने, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।” म्यालपोखरीमा ‘एक घर, एक धारा’ अवधारणा अन्तर्गत लिफ्टिङ प्रविधिबाट पानी पु¥याइएको छ । सङ्घ, प्रदेश र गाउँपालिकाको लगानीमा लिफ्टिङ प्रविधिबाट बृहत् तल्लो लुप्सी खानेपानी आयोजना सञ्चालन गरिएको हो । त्यस्तै वडाभित्र केही साना आयोजना सञ्चालन गरी कूल ३२५ घरमा खानेपानीको धारा पु¥याइएको वडाध्यक्ष भीमप्रसाद भट्टराईले जानकारी दिए ।

म्यालपोखरीमा खानेपानीका अन्य योजना पनि सञ्चालनमा छन् । जसका लागि चार करोडभन्दा बढी रकम खर्च हुने अनुमान छ । “पानी पु¥याउने प्रतिबद्धता जनाएर भोट मागेका हौँ”, वडाध्यक्ष भट्टराईले भने, “विश्वास गरेर भोट दियौ, हामीले चुनावी वाचा पूरा ग¥र्यौं ।” –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी