×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीको निलम्बनप्रति पाँच वित्तीय संघ विरोधमा उत्रिए, कारबाही फिर्ता गर्न माग ! (विज्ञप्तिसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गभर्नर अधिकारीको निलम्बनप्रति पाँच वित्तीय संघ विरोधमा उत्रिए, कारबाही फिर्ता गर्न माग ! (विज्ञप्तिसहित)

Artha Sarokar

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि पाँच वित्तीय संघ  विरोधमा उत्रिएका छन् । आइतबार संघले सयुक्तरुपमा विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेकोप्रति विरोध जनाएको हो । जसमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघ छन् ।
संघले आर्थिक संकटकाबीच राष्ट्र बैंकबाट समयमै प्रेषित सूचना र सुझावको कार्यान्वयन गरी मुलुकको अर्थतन्त्रको उद्धारमा संबेदनशील हुनुपर्ने जिम्मेवार तालुक मन्त्रालय र सरकारको ध्यान बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्नमा केन्द्रित भएको आरोप लगाएको छ । यस्तै केन्द्रिय बैंकको स्वायत्ततालाई सम्मान गर्दै जारी हस्तक्षेप बन्द गर्न र निराधान आरोपका आधारमा सुरु गरिएको गभर्नर अधिकारीको कारबाही अविलम्ब फिर्ता गर्नसमेत माग संघले गरेको छ ।
‘केन्द्रिय बैंकको स्वायत्ततालाई सम्मान गर्दै राष्ट्र बैंक प्रतिको हस्तक्षेप बन्द गर्न र निराधार आरोपहरुको आधारमा शुरु गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर माथीको कारबाही अबिलम्ब फिर्ता गरिनुपर्छ ।’ पाँच वटै संघले जारी गरेको सयुक्त विज्ञप्तिमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी