काठमाडौं । नेपाल मोबाईल व्यवसायी महासंघको पहिलो वार्षिक साधारणसभा हुने भएको छ । महासंघको सभा चैत्र २५ गते शुक्रबार बिहान ९ बजे होटल अलफ्टमा हुने भएको हो ।
नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईका अनुसार उक्त सभा कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति हुनेछ ।
कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिनेछ ।