काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताउनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्तपुरमा आजदेखि सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उहाँले आफू पदमा रहँदा कुनै पनि विचलन हुने काम भए तत्कालै पद छाड्ने बताउनुभयो ।
देशका गलत तत्वलाई ठेगान लगाउन आफू मन्त्री भएको बताउँदै उहाँले कहीँकतै त्यस्ता तत्व भए खबर गर्न आह्वान गर्नुभयो । विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भन्नुभयो, “क्यासिनोको कर उठाउन मैले पटकपटक सूचना निकालेर ताकेता गरेँ, तर अटेर गरे, उनीहरु अटेसमटेस भएनन्, विगतका प्रत्येक मन्त्रीको गोजीमा एक/दुई करोड हालिदिएपछि सबै चुप लाग्ने रैछन्, मलाई त्यस्तै सोचेर मन्त्रालयको ढोकासम्म आउने र मन्त्री भेट्नुप¥यो भने, मैले पहिला कर तिरेर मात्रै भेट्न आउनुस् भनेर पठाएँ, राज्यको कर नतिर्ने क्यासिनोबाट मैले एक अर्ब पाँच करोड रुपैयाँ राजस्व उठाएँ ।”
भोलिदेखि आचारसंहिता लाग्ने भएकाले पाँच दलीय गठबन्धनको अबको बैठकले ७७ वटै जिल्लामा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सबै पदमा तालमेलको स्पष्ट खाकासहितको सहमति बन्ने बताउँदै सोही सहमतिलाई सफल पार्न निर्वाचनका लागि गठबन्धन सक्रिय भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
दुई वर्ष कोरोनाले थलिएको व्यापार व्यवसायमा यस प्रकारको मेलाले धेरै राहत दिने भएकाले यस्ता मेला आवश्यक भएको उहाँको भनाइ थियो । त्यस अवसरमा वाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले सत्ता गठबन्धनलाई संसदीय निर्वाचनसम्म नै लैजाने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आउँदो चुनावमा एमालेलाई सबै ठाउँबाट परास्त गरेर जवाफ दिने बताउनुभयो । त्यसअवसरमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष डिपी ढकाल, नेकपा समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले सत्ता गठबन्धनलाई कसिलो बनाएर चुनावी अभियानमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले वैशाख ४ गतेसम्म आयोजना हुने मेलामा २०० वटा कक्ष राखिएको र मेलामा एउटै छानामुनि विभिन्न सामान बिक्रीमा राखिएको बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्