सङ्खुवासभा । सङ्खुवासभाको अरुण–३ जलविद्युत् परियोजनाको पहुँच मार्गअन्तर्गत छ्याङ्गकुटी–दिदिङ (०–२४ किमी) खण्डअन्तर्गतको छुट मुआब्जा उपलब्ध गराइने भएको छ । छुट मुआब्जा उपलब्ध गराउने निर्णय बिहीबार बसको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
यसअघि मुआब्जा नपाएका तर लगत कट्टा भई सरकारी स्वामित्व कायम भएका जग्गा र यसअघि मुआब्जा वितरण वा निर्धारण भएकोभन्दा बढी जग्गा लगत कट्टा भई सरकारी स्वामित्व कायम भएको जग्गालाई जग्गाप्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जा वितरण गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको हो । उक्त निर्णयसँगै अब मुआब्जा लिन बाँकी रहेकाले मुआब्जा पाउने भएका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्