×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भक्तपुरको यसीँख्यमा भैरवको वाहन वेताललाई पूजा चढाउँदै स्थानीय, व्यावसायिक रुपमा मौरी पालन गर्दै किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : भक्तपुरको यसीँख्यमा भैरवको वाहन वेताललाई पूजा चढाउँदै स्थानीय, व्यावसायिक रुपमा मौरी पालन गर्दै किसान

Artha Sarokar

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन(कुन ठाउँमा के(के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले  बिस्का जात्राको पाँचौँ दिन भक्तपुरको यसीँख्यमा भैरवको वाहन वेताललाई पूजा चढाउँदै  गरेका स्थानीयदेखि बागलुङ नगरपालिका–४ रमेटारमा बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुर खत्रीले व्यावसायिक रुपमा पालिएका मौरीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :  

बिस्काः जात्राको पाँचौँ दिन भक्तपुरको यसीँख्यमा बिहीबार भैरवको वाहन वेताललाई पूजा चढाउँदै स्थानीय । आजको दिन बेतालाई वलीसहितको पूजा गर्ने परम्परा छ ।

बागलुङ नगरपालिका-४ रमेटारमा बेनी नगरपालिका-४ सुर्केमेलाका डिलबहादुर खत्रीले व्यावसायिक रुपमा पालिएका मौरी ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार मुस्कान खातुनलाई जनसेवाश्री मानपदवी प्रदान गर्दै ।

म्याग्दीको मालिका गाउँपालिका–३, पाल्तेवासी पात्ले छेरवाङ लघु जलविद्युत परियोजनाको नहर मर्मत गर्दै ।

मध्यपुर थिमिमा हरेक वर्ष वैशाख १ गते बिहान करिब ३ बजे बिस्काः जात्रा अन्तर्गत बालकुमारीको जात्रामा चिलाख बालेर सहभागी हुँदै गरिँदै गुठीयार तथा स्थानीय । बालकुमारीको प्रमुख जात्रा चान्हसिया जात्रामा हरेक सहभागीले चिलख बालेर आउने प्रचलन छ ।

नयाँ वर्ष २०७९ आरम्भको दिन बिहीबार बिहान बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल ।

विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिरको भाग पुनःनिर्माण अन्तिम चरणमा । नारायण मन्दिरबाट सङ्ग्रहालय छिर्ने भवन भूकम्पले क्षतिग्रस्त बनेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी