काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा हालसम्म २० लाख ७७ हजार ६४८ जनाले आवेदन दिएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आज सोमबार (बिहान १० बजे) सम्ममा २० लाख ७७ हजार ६४८ जनाले २ करोड ४१ लाख ८३० कित्ताका लागि २ अर्ब ४१ करोड ८३ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । जुन सर्वसाधारणले माग गरेको भन्दा १४.४८ गुणा बढी आवेदन हो ।
कम्पनीले गत बुधबारदेखि सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ जारी गरेको हो । जसमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरमा सो सेयर बिक्रीमा ल्याएको हो । ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्