काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा १२.३७ गुणा बढीको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडकाअनुसार आइतबार बिहान ११ बजे सम्ममा १७ लाख ६४ हजार ८८५ जनाले २ करोड ५ लाख ८५ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले चैत १६ गतेबाट १८ लाख २७ हजार ९७० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गरेको हो । यस आइपीओमा चैत २१ गते सोमबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् ।
लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीकोलाई ‘इस्यूअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्