×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थामा एकैदिन ५ अर्ब निक्षेप थपियो, कर्जा लगानी कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थामा एकैदिन ५ अर्ब निक्षेप थपियो, कर्जा लगानी कति ?

Artha Sarokar

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा एक दिनमै ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले चैत्र २२ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको जनाएको हो । बैंक तथा वित्तीय संस्थाले मंगलबार मात्रै ५ अर्बले निक्षेप संकलन गरेका हुन् ।
चैत्र २१ गते साेमबार बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४९ खर्ब १० अर्ब रूपैयाँ रहेकाे थियाे । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । कर्जा लगानी २ अर्बले बढेर ४७ खर्ब २ अर्ब पुगेकाे छ । यस्तै बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.६५ प्रतिशतबाट घटेर ९०.५८ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी