×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैशाखमा पनि बैंकको ब्याजदर नबढ्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैशाखमा पनि बैंकको ब्याजदर नबढ्ने !

Artha Sarokar

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैशाखमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज आइतबार बसेको नेपाल बैंकर्स संघले  ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । संघ ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि नबढाउने मनस्थितिमा पुहेको हो ।
गत फागुनमा निक्षेपको ब्याजदर बढाएका वाणिज्य बैंकले चैतमा भने निक्षेपको ब्याजदर स्थिर राखेका थिए । सोहि निर्णयलाई कायम राख्दै वैशाखमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको हो । बैंकले अब वैशाख महिनाका लागि चैतकै ब्याजदर प्रकाशित गर्नेछन् ।
वाणिज्य बैंकहरुले हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेका छन् । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी