Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूरको मुद्दामा ३ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना तोकिएका डाकमान गुरुङ पक्राउ

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले तारकेश्वर नगरपालिका ५ बस्ने ईलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई आइतबार पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट उक्त मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK